२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका शीर्ष नेताहरु चितवनमा



अ+ अ-

चितवन । आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नको लागि पाँचदलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु चितवन आएका हुन् । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार बिहान चितवन आएका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाको केन्द्रीय बस ट्रमिनलमा हुने चुनावी सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनबाट भरतपुर मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।