२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रेनुजी तपाईले जित्यौं भने भन्ने होइन, भरतपुरमा तपाईको टिमको जित सुनिश्चित छ’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालको जित सुनिश्चित रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका रेनु दाहालले आगामी निर्वाचनामा जित्यौँ भने भन्ने वाक्यप्रति उनले जित सुनिश्चित भएको बताएका हुन् ।

विगतका निर्वाचनमा पनि नेपाली कांग्रेससँग गठबन्धन गर्ने दलले जित हासिल गरेको उल्लेख गर्दै उनले यसपालि पनि गठबन्धनको जित सुनिश्चित भएको बताए ।

कांग्रेसका केही साथीहरुमा केही चिन्ता भए पनि विचलित नहुन उनले आग्रह गरे ।