२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीप्रति राजेन्द्र श्रेष्ठको व्यंग्यः दुधलाई कुर्न बिरालो राखियो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र शेष्ठले नेकपा एमालेका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले जनताले स्थानीय र प्रतिनिधि सभा चुनावमा नेकपा एमालेलाई विश्वास गरेर मत दिएको तर सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भने संविधानको हत्या गरेको आरोप लगाएका हुन् ।

नेता श्रेष्ठले भने ‘ओलीले दुईपटक संसद विघटन त गरे पुनस्र्थापना भइसकेपछि पनि प्रतिशोधको भावनाले संसदलाई बन्धक बनाए । दुधलाई कुर्न बिरालोलाई साक्षी राखेजस्तो भयो । जब बिरालोलाई दुध कुर्न लगाइन्छ त्यसले सबै दुध खाइदिन्छ । त्यसरी नै ओलीले संविधान, लोकतन्त्र, संघियता खान खोजे ।’