२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट ९लागुऔषध० फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो । पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस