२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि–पत्रकार तारकिणीका लागि सहयोगको अपिल



अ+ अ-

काठमाडौ । हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उहाँको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।

तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुनुहुन्छ । उहाँको हाल काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । शल्यक्रियापश्चात पनि वार्षिकरूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीवापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ । तारकिणी हाल न्यूज–२४ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँका यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता सङ्ग्रह प्रकाशन हुने क्रममा छ ।

प्रतिष्ठानले सुरु गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म रु चार लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिनुभयो । राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नं ०१०७०१००२४४९७ र एनआइसी एशिया बैंकको सुकेधार शाखामा रहेको खाता नं २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ ।

श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराख्नुभएका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग सङ्कलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वानसमेत गरेको छ । रासस




भर्खरै