२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उम्मेदवारमाथि भोजपुरमा खुकुरी प्रहार



अ+ अ-

भोजपुरको षडानन्द नगरपालिकामा नेकपा (एमाले) उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । शनिबार राति वडा नं १० मा एमालेबाट महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

उनीमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताउनुभयो । टाउको गम्भीर चोट लागेर घाइते भएकी तामाङलाई चार टाँका लगाइएको बताइएको छ ।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको बताएको छ । उपचारपछि घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रनाउ राईले बताउनुभयो ।

यसैबीच सो नगरपालिकाअन्तर्गत नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकाल्दै तामाङमाथि भएको आक्रमणको भत्र्सना गरेका छन् । निर्वाचन प्रभावित पार्न यस्ता खालका घटना हुन नदिन आह्वान गर्दै उनीहरुले घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।