२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति दुर्घटनामा पर्छ भनेको हुँ, कसैलाई धम्क्याएको होइनः प्रचण्ड



अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भनेकोमा गलत अर्थ लगाइएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

कास्कीको पोखरामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको बताएका हुन् ।

शुक्रवार चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा प्रचण्डले गठबन्धन पराजित भए देशको राजनीति दुर्घटनामा जाने बताएका थिए ।

प्रचण्डले भने, ‘यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुन सक्छ भनेको थिएँ, जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ ।’




भर्खरै