२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी न्यूनीकरणका लागि कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : विश्वनाथ पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ भन्नुभयो । कृषि तथा पशुपालन क्षेत्रमा सरकारले गर्ने प्रत्यक्ष लगानीका साथै कृषकमैत्री नीति नियमले कृषक लाभान्वित हुने जनाउँदै उहाँले समयसापेक्ष यस क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानबाट उन्नत बीउबिजन विकास तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कृषि वैज्ञानिकले अन्तर्राष्ट्रिय तहमा भइरहेका खोज अनुसन्धानको अध्ययन गरी स्वदेशमा थप अनुसन्धान गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । उपाध्यक्ष पौडेलले वैज्ञानिकलाई सेवा सुविधा वृद्धि गर्नुपर्ने जनाउँदै यस क्षेत्रमा गरिने प्रत्येक लगानीको उपलब्धि कसरी हासिल हुन्छ भन्नेमा गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले परिषद्बाट प्रकाशित कृतिको विमोचनसमेत गर्नुभएको थियो ।