२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका कार्यकर्तालाई ओलीले गीत सम्झाउँदै भने – ‘पिर बिसाउने ठाउँ नै पाइनँ’



अ+ अ-

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई गठबन्धनमा रहेर अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्ने अवस्था आएको बताउँदै गीतसँग जोडेर कटाक्ष गरेका छन् ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने ‘म कांग्रेसका नेताहरुलाई भन्न चाहन्छु, कांग्रेसका कार्यकर्ताहरु त बिचरा कति मुटु धड्किएको होला, कति पिर परेको होला । प्रकाश सपुतको गीत जस्तै पिर बिसाउने ठाउँ नै पाइनँ भनेर । कांग्रेसका कार्यकर्ताहरुले कहाँ पिर बिसाउने ? छाती समातेर बस्नुभएको होला । कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् । के हेरेर बसेछन् कार्यकर्ता ?’

यस्तै, अध्यक्ष ओलीले देश बनाउने अगुवाई एमालेले गरेको बताउँदै कांग्रेसले गठबन्धनका नेताहरु पटक पटक प्रधानमन्त्री बनेपनि कुनै कामहरु नगरेको आरोप समेत लगाए ।