काठमाडौं। । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ हो ।सांसद बानियाँ आजै साँझ काठमाडौं बाट नेपालगञ्ज जानु भएको थियो ।
माघ २७ गते ४० वर्षीया पीडित भनिएकी महिलाले बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।बानियाँ र पीडित भनिएका महिला बीच लेनदेनको बिवाद रहि आएको थियो ।
लेनदिनको बिषयमा बिवादका बीच रकम लिन होटलमा बोलाएर बलत्कार गरेको आरोप लागेको थियो ।












