२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम दिनेलाई मात्र भोट दिने धादिङका चेपाङ समुदाय



अ+ अ-

धादिङ । गाउँमा खानेकुराको समस्या छ । बारीमा लगाइएको मकै पाक्न समय लाग्छ । बढीमा एक डेढ रोपनी खोरियाबारी हुने चेपाङहरुको अवस्था अहिले पनि हरेक वर्ष बाँच्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ ।

बेनिघाटरोराङ गाउँपालिकामा शिक्षण पेशामा संलग्न तिलक चेपाङले यो समुदायको अवस्था बताउँदा भावुक हुनुभयो । आफूले अध्ययन गर्न सकेका कारण शिक्षक भए पनि ९५ प्रतिशत चेपाङको अवस्था कठिन छ । घरमा खानेकुराको अभावले गर्दा बालबालिकामा कुपोषणको समस्या छ । आमाबुबा ज्यालाको खोजीमा घरबाट निस्केपछि दुई/चार दिन आउँदैनन् । छोराछोरी कन्दमूल खोज्न जङ्गलतिर जान्छन् ।

खाजा कार्यक्रम सञ्चालन भएको विद्यालयमा खाजाको भरमा जीवन चलाइरहेको महादेवस्थानका १४ वर्षीय सन्तोष चेपाङले बताउनुभयो । स्थानीय सरकारले समेत दिगो विकासका कुनै पनि कार्यक्रम ल्याउन नसकेको गजुरीका शिक्षक कृष्ण चेपाङको भनाइ छ ।

चुनावमा भोट हाल्नसमेत कठिन हुने ब्रुसबाङका महिला तथा वृद्ध गाउँमा भोट माग्न आउँदा सबै काम गर्छु भन्नेहरु चुनावपछि विकास चहियो भन्दासमेत बेवास्ता गर्ने गरेको विष्णु चेपाङको गुनासो छ । खानेपानी, स्वास्थ्य, शिक्षा, तथा सबै किसिमको अवसरबाट परिरहेको ब्रुसबाङमा यस पटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)का उम्मेदवार भोट माग्न गए । धादिङको दक्षिणी क्षेत्रका चेपाङ समुदाय भोट त हाल्छन् तर जहिले भोट हाले नि राहतको लागि काम गर्ने र समुदायलाई विकासमा सहभागी नगराउँदा पछि परेको बताउन थालेका छन् ।

गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा मुख्य बसोबास भएका चेपाङ समुदायको अवस्था यसअघिका धेरै चुनाव आएर गए पनि फेरिन सकेको छैन । पहिले जस्तो अवस्था अहिले नरहेको र केही खुवाएर मात्र अब भोट नआउने अवस्था रहेको सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका उद्धव चेपाङको भनाइ छ । चेपाङ समुदायको दिगो विकासका लागि दीर्घकालीन योजना ल्याउन उनीहरुको माग छ । खासगरी काम र जीवीकोपार्जनका योजना ल्याउन उनीहरुको माग छ ।