२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक उच्च अंकले वृद्धि



अ+ अ-

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६७ अंक, फ्लोट इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर १अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा सबैमा हरियाली छाएको छ । जलविद्यूत उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ । विकास बैंक, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने व्यापार र म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबार तीन वटा कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रो पावर र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिभरसल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो पावर र नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । यता, उन्निती सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सि होटलको १.५४ प्रतिशतले घटेको छ ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।