२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैथिल ब्रम्हाण समाजको सर्वोत्कृष्ट पुरस्कार साकार मिश्रलाई



अ+ अ-

काठमाडौं । नेपाल मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गरिँदै आएको सर्वोत्कृष्ट प्रवेशिका सम्मान तथा पुरस्कार विसं २०७७ का लागि साकार मिश्रलाई प्रदान गरिएको छ ।

शहीद भरतगोपाल झाको स्मृतिमा उहाँकी धर्मपत्नी शारदा झाले स्थापना गर्नुभएको रु पाँच हजार राशि र सम्मानपत्र सहितको सो पुरस्कार मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।

एसइइ परीक्षामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने यस मैथिल ब्राम्हण बन्धुका छात्रछात्रालाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ । हाल सेन्ट जेभियर्स् कलेजमा ११ कक्षा अध्ययनरत साकारले विसं २०७७ को एसइइ परीक्षामा विशिष्ट श्रेणीसहित ४ मा ४ जिपिए प्राप्त गरेका थिए ।

मैथिल ब्रम्हाण समाजद्धारा मंगलबार गुहेश्वरीमा आयोजना गरिएको एक कार्यक्रममा सो समाजका अध्यक्ष गौरीदत्त मिश्रले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

शहिद भरतगोपालका झाको स्मृतिमा स्थापित सो पुरस्कार मैथिल बन्धुका छात्रछात्राहरुबाट हरेक वर्ष एसइइमा प्राप्त लब्धांकपत्रका आधारमा प्रदान गरिने सो पुरस्कार शैक्षिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि प्रोत्साहनस्वरुप प्रदान गरिँदै आएको छ ।

मंगलबार आयोजना गरिएको सो कार्यक्रममा नेपाल मैथिल ब्राम्हण समाजमा आवद्ध भई मैथिल संस्कृति र भाषाको उत्थानका लागि योगदान गर्नुभएकामा जेष्ठ नागरिक ८० वर्षीय विद्याप्रसाद झा लगायत अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।