२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम सेती भारतलाई विक्री गर्न लागेकामा भीम रावलको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले पश्चिम सेती जलविद्युत् परियोजना भारतलाई विक्री गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको घोषणाप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्दै नेता रावलले नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ भनी प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइने बताउनुभएको थियो ।

मंगलबार उहाँले आफ्नो गृहजिल्ला डडेलधुरामा आयोजना गरिएको चुनावी सभामा पश्चिम सेती जलविद्युत् परियोजना भारतीय कम्पनीलाई जिम्मा दिने बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “भारतले चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली किन्दै किन्दैन, त्यसैले पश्चिम सेती जलविद्युत् परियोजना पनि भारतीय कम्पनीलाई दिएर बनाउने हो ।”

उहाँले अर्को साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुँदा सकेसम्म सम्झौता नै गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाको सो घोषणाप्रति नेता रावलले भन्नुभयो, “महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् । संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस्।”

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “कांग्रेसको सभापति र प्रमं भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ ? प्रमं देउवाले फेरी पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्।महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् । संसद् र दलमा पर्याप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्य्राउने कुकर्म नहोस्।”