२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण



अ+ अ-

रुपन्देही । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन बुधबार भारतका उच्चस्तरीय सुरक्षाकर्मी लिएर भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण भएको छ ।

भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर आएको सो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो विमानमा भारतीय सैनिक अधिकारीहरु रहेका छन् ।

जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी सोही दिन लुम्बिनी आउने भएका छन् । भारतीय वायुसेनाको विमानमा आएका सैनिक अधिकारीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै रहने बताइएको छ ।

सो विमान आजै फिर्ता हुनेसमेत बताइएको छ ।