२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि



अ+ अ-

वासिङ्टन । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराउनुभएको छ ।

उहाँद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

“मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,” उहाँले भन्नुभएको छ ।

“मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,” उहाँले ट्वीटमा भन्नुभएको छ ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएको छ । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहनुभएको बताइएको छ ।