२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । आइतवार देखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार ४४.१६ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंकले वृद्धि भएको छ ।

बुधवार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार कित्ता शेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकममा पनि सुधार भएको छ । मंगलवार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह सबैमा हरियाली छाएको छ । बुधवार १३ उपसमूहमध्ये सबैभन्दा बढी जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.३५ प्रतिशत बढेको छ । विकास बैंक, लगानी र माक्रोफाइनान्स उपसमूहको सूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक २ प्रतिशत भन्दा बढी भएको छ भने अन्य, जीवन बीमा , बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

बुधबार ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता ७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा १० करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।