२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बहुमतका संयोजक बाँस्तोला पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनी बुधबार पोखराको एक कार्यक्रम सकेर नेपालगञ्ज जान लागेका बेला प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको बताइएको छ ।

नेपालगञ्ज जाने क्रममा बास्तोलालाई प्रहरीले भालुवाङबाट पक्राउ गरेको सो पार्टीको नवौं महाधिवेसन आयोजक समितिका सदस्य दीपक चलाउनेले जानकारी दिए ।

चलाउनेका अनुसार बास्तोलाकी श्रीमती बिरामी रहेकाले नेपालगञ्जमा श्रीमतीलाई भेट्न जाँदै गर्दा भालुवाङबाट पक्राउ गरिएको हो ।
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी हालैमात्र विभाजन भएको थियो र त्यसपछि बाँस्तोलाले आफ्नो संयोजकत्वमा नेकपा बहुमत गठन गरेका थिए ।

उनले हिजो पोखरामा निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै सभा गरेका थिए । विप्लव नेतृत्वले स्थानीय तहको निर्वाचनमा सहभागी भएको छ भने वास्तोलाको नेतृत्वको नेकपा बहुमतले भने निर्वाचन बहिष्कार गरेको छ ।