२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा भारतीय सेनाको जहाज अवतरण, मोदी भ्रमणका लागि कडा सुरक्षा



अ+ अ-

काठमाडौँ । आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा आयोजना हुने विशेष कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित हुन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि लम्बिनीमा कडा सुरक्षा अपनाइएको छ । यहाँ विशेष सुरक्षा योजना लागू गरिएको नेपाल सरकारले जनाएको छ । यसका लागि नेपाली सेनाको समन्वयमा सुरक्षा व्यवस्था सुरु भएको बताइएको छ ।

भारतीय सेनाको एक समूह र आवश्यक सुरक्षा सामग्री लिएर बुधबारमात्र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाको एक जहाज अवतरण गरेको छ । भारतीय सेनाको एक समूहले लुम्बिनीमा मोदीको सुरक्षाका लागि आफ्नो तयारी हिजैदेखि थालेको हो ।

यता नेपाल सरकारले पनि नेपाली सेनाको संयोजनमा विशेष सुरक्षा योजना बनाएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो कार्यक्रममा उपस्थित हुनेछन् । त्यस्तै नेपाल सरकार मन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरु पनि सो कार्यक्रममा उपस्थित हुने कार्यक्रम छ ।

भारतीय सेनाको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आइपुगेको बताइएको छ । बुधबार बिहान १० बजे आइएल ७६ इलोसेन नंको भारतीय वायु सेनाको विमान नयाँ दिल्लीबाट यहाँ आएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा रहँदा प्रयोग गर्ने पाँच थान विशेष सवारी साधन पनि सो जहाजमा ल्याइएको छ । त्यसमा सुरक्षा बन्दोबस्तीका सामग्री छन् भने यस सुरक्षामा खट्ने भारतीय सेनाका अधिकारी पनि सोही विमानमा आएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा भारतीय सरकारले निर्माण गर्ने इन्टरनेशनल बुद्धिष्ट कन्फडेरेशन मोनाष्ट्री (गुम्बा)को शिलान्यास पनि गर्ने जनाइएको छ । बुद्ध पूर्णिमाकै दिन पारेर सो शिलान्यासको कार्यक्रम बनाइएको भारतीय पक्षले जनाएको छ ।