९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्‍यो भने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु सासंद राई



अ+ अ-

काठमाडौ । जनता समाजबादी पार्टीका नेता तथा सांसद मोहम्मद इश्तियाक राईले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १२ बुँदे प्रष्टिकरण एमसीसीले स्बीकार गर्न सक्ने भन्दै भ्रम फैलाएको टिप्पणी गर्नुभएको छ ।

राईले अध्यक्ष दाहालले केपी ओलीले जस्ताको तस्त पारित गर्न खाेजेको तर आफुले संशोधन गरी पारित गराएको भन्दै सफेद झुट बोलेको बताउनु भएको छ । सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ –एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्‍योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला  ।

उहाँले लेख्नुभएको छ- केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए , मैले संशोधन गरेर पास गराएँ । सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने हो । मेरो दाबी छ एमसीसी ले १२ बुँदे व्याख्या स्वीकार गर्‍योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला ।अब कुनै पक्ष बाट थप गिजोल्ने काम नहोस ।