काठमाडौ । जनता समाजबादी पार्टीका नेता तथा सांसद मोहम्मद इश्तियाक राईले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १२ बुँदे प्रष्टिकरण एमसीसीले स्बीकार गर्न सक्ने भन्दै भ्रम फैलाएको टिप्पणी गर्नुभएको छ ।
राईले अध्यक्ष दाहालले केपी ओलीले जस्ताको तस्त पारित गर्न खाेजेको तर आफुले संशोधन गरी पारित गराएको भन्दै सफेद झुट बोलेको बताउनु भएको छ । सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ –एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला ।
उहाँले लेख्नुभएको छ- केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए , मैले संशोधन गरेर पास गराएँ । सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने हो । मेरो दाबी छ एमसीसी ले १२ बुँदे व्याख्या स्वीकार गर्योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला ।अब कुनै पक्ष बाट थप गिजोल्ने काम नहोस ।












