२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो: प्रचण्ड



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको छ ।

मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो“ उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो । ”

सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले भन्नुभयो, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।” रासस