२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिशिष्ट पर्यवेक्षकहरुबाट मतदान स्थलको निरीक्षण



अ+ अ-

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ ।

पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरिरहेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टीमले त्यहाँको मतदान स्थल र मतदाताहरुको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ ।

मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले अन्य स्थानहरु भन्दा मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताहरुको उपस्थिति रहेको पाइएको बताउनु भयो । धेरै मतदाताहरु भएकोले मतदान प्रक्रियामा ढिला भएको उहाँले बताउनु भयो । मतदानका लागि ज्येष्ठ नागरिकहरुलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उहाँको भनाइ छ ।

पर्यवेक्षक श्रेष्ठले भन्नुभयो, ‘यो मतदाता धेरै भएको ठाउँ रहेछ । मतदाताहरुले धेरै समय कुर्नुपर्ने भयो भन्ने गुनासो गर्नुभएको छ । मैले बुझ्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदा समय लागेको भन्ने आएको छ ।’