२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले ९ गते निर्वाचन सार्ने प्रस्ताव गर्नुभएको थियो: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको छ ।

शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रश्ताव गरेको बताउनु भयो ।

उहाँले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुना तोकिएकै समयभित्र भएको बताउनु भयो । अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको बताउनु भयो । दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारि प्रश्ताव पठाउनुभएको थियो । धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैँले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुरा बाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ । देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ । काँग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन । वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताउनु भयो । उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो स्थानीय तहको निर्वाचन एउटा नियमित निर्वाचन हो । यो निर्वाचन दुई महिनाअघि भइसक्नु पर्ने निर्वाचन हो तर पनि ढिलो गरी भएपनि समयभित्र नै भएको छ । जनतामा निर्वाचनको व्याघ्र प्रतिक्षा थियो । उत्साहका साथ सहभागिता रहेको छ । मैले विभिन्न स्थानको मतदानमा जनसहभागिता र उत्साहको जानकारी लिँदा जनताको सहभागिता राम्रो छ । केही ठाउँमा ५ गठबन्धनका दलहरुबाट आक्रमण गर्ने काम भइरहेको छ । लोकतान्त्रिक संस्कार, मूल्य मान्यताको अभाव हो, व्यवहारको अभाव हो । चुनाव भन्दा अघिदेखि पनि उहाँहरुको त्यस्तै खालको रबैया भएको थियो ।

लोकतन्त्रमा एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ । यसअघि जित्नैपर्छ भनेर मान्छेलाई ट्रेण्ड गराउने भन्ने हुँदैन । यसअघि २०६४ को निर्वाचनमा हामीले गर्ने, नगर्ने सबै गरेका थियौँ, बुथ कब्जा गरेका थियौँ, त्यसरी जितेका थियौँ, पछि त्यसो गर्न छोडेर बिग्रियौँ भन्ने नेताहरुकै अभिव्यक्ति सुन्नुभएको होला । त्यही प्रशिक्षणबाट कार्यकर्ताहरुलाई प्रशिक्षण गर्न खोज्दा केही स्थानमा अवाञ्चछनीय खालका गतिविधि भएका छन् । खास गरी नेपाली काँग्रेस र माओवादीको तर्फबाट विभिन्न ठाउँमा त्यस्ता गतिविधि भएका छन्, त्यो उचित होइन । यस निर्वाचनले अपेक्षित परिणाम ल्याउँछ भन्नेमा विश्वास छ । त्यही परिणामसँग भयभीत भएर कतिपयले अवाञ्छित क्रियाकलाप गरिरहेका छन् ।’

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले नेकपा एमालेले भनेको परिणामसँग डराउनेहरुले अवाञ्छित क्रियाकलाप गरिरहेको बताउनु भयो । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आम मतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ ।

 




भर्खरै