२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कानेपोखरी र उर्लाबारीमा एमालेका अध्यक्ष र उपाध्यक्षको अग्रता



अ+ अ-

विराटनगरः मोरङका १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले वडा नम्बर ७ बाट गणना सुरु गर्ने सहमति गरेको हो ।

कानेपोखरीमा ३४ हजार ४५ मतदाता मध्ये ६६ प्रतिशत अर्थात २२ हजार ७३१ मत खसेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । मतगणना सुरु हुनु अघि बसेको सर्वदलीय बैठकले हरेक १०० मत गन्दा मत परिणाम सार्वजनिक गर्ने निर्णय गरेको जनाइएको छ ।

प्राप्त मतगणना विवरण अनुसार कानेपोखरीमा ८०० मत गनिसक्दा एमालेका उम्मेदवारहरुको अग्रता देखिएको छ । अध्यक्षमा एमालेकी राजमति इङ्नामको ३०१ र उपाध्यक्षमा भोला अधिकारीले ३१८ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारतर्फ अध्यक्षमा १८४, उपाध्यक्षमा २२८ तथा नेकपा माओवादी केन्द्रबाट अध्यक्षतर्फ १२९, उपाध्यक्षमा २३८ मत प्राप्त भएको छ ।

यस्तै उर्लाबारी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।

मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् ।




भर्खरै