२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकामा धन्यवाद दिनुभएको हो ।

गृहमन्त्री खाणले आज बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटफुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकामा धन्यवाद दिनुभएको हो ।

“सीमित स्रोतसाधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ”, गृहमन्त्री खाणले टेलिफोनमा भन्नुभयो, “मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ ।

म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी निभाउनुभएको छ । सबैले सरकारले दिएको जिम्मेवारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।” एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताउनुभयो ।

गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णयबमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकामा धन्यवाद दिएको बताउनुभयो । रासस




भर्खरै