२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेसुंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका पन्थी निर्वाचित



Nepali Congress
अ+ अ-

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । उहाँ नेका गुल्मीका सभापति हुनुहुन्छ । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर विजयी हुनु भएको छ ।

नगर प्रमुखका नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याउनु भएको थियो भने उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याउनु भयो ।

नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।