२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायणमा कांग्रेस अगाडि



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ ।

उक्त नगरको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ । कार्कीले एक हजार २२५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसबाट विजयी हुने वडासदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा हुनुहुन्छ ।