३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै



अ+ अ-

कलैया । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले)को अग्रता कायमै छ ।

जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीको २ हजार ४२० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह एक हजार २६८ तथा उपप्रमुममा लोसपाकै बिपी मोक्तानले उक हजार १७२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्र १५५ मत ल्याउनुभएको हो ।

त्यसैगरी कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा एक हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले एक हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राययादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।