२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनमा राप्रपाको ताजा स्थिति,१८ वडामा विजयी, केहीमा अग्रता, केहीमा कडा प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म १८ वटा वडामा विजय हासिल गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले केही पालिकामा अग्रता र केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रवक्ता श्रेष्ठले उपलब्ध गराउनुभएको जानकारी अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी भएको छ। त्यस्तै कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुकनाथ चौधरीको प्यानलसहित विजयी भएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित छ भने रुपन्देहीको रोहिणी गाउँपालिका–१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित भएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार चितवनको माडी नगरपालिका–।१ को अध्यक्ष पदमा अमित लामासहित प्यानल सिद्धार्थनगर नगरपालिका–२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तवलगायत प्यानल निर्वाचित भएको छ ।

त्यसैगरी नवलपरासी, रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह अध्यक्ष र प्यानल, डोटीको के।आई सिंह गाऊँपालिका–७ को अध्यक्षमा दिलबहादुर बलायर र प्यानल तजा बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट र प्यानलले जितेको छ ।

राप्रपाले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की र प्यानल, धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी भएका छन्।

रुपहेन्दीको ओमसतियामा राप्रपाका बेलबहादुर बराल सहित प्यानल विजयी भएको छ भने कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्ष विक्रम चन्द सहित प्यानलले जित हासिल गरेको छ ।

त्यस्तै धादिङको खनियाबास–२ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी हुँदा रुपन्देहीको सियारी गाउँपालिका–१ मा अध्यक्ष अरुण शाही र प्यानलले जित हासिल गरेको छ ।

त्यस्तै रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही को प्यानलले तिज हासिल गरेको छ ।




भर्खरै