२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष



अ+ अ-

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार विजयी भएका छन् ।

माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरले नेपाली कांग्रेस–नेकपा (एमाले) र विप्लव गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

बुढामगरले दुई हजार १२२ मत पाएका थिए भने पराजित गठबन्धका उम्मेदवार दलजित रोकाले एक हजार ५०५ मत मात्र पाए ।

विप्लवबाट कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका रोकाले लौरो चिह्न पाएका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढामगर निर्वाचित भएकी छिन् । उनले दुई हजार मत पाएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी विप्लव समूहबाट उम्मेदवारी दिएका रायबहादुर पुनले एक हजार ४५० मत पाए ।