२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता



अ+ अ-

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ ।

भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले ४६८ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी हुनुभएको छ् । उक्त वडामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सप्तकोसी नगरपालिका–१ मा एमालेलाई पराजित गरी कांग्रेसले प्यानलसहित जित हासिल गरेको थियो ।

यसैगरी पछिल्लो मतपरिणामअनुसार नगरप्रमुखमा कांग्रेसका कृष्णप्रसाद ढकालले एक हजार ४२७ मत ल्याएर अग्रता कायम गरेको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका उत्तमकुमार शर्माको ८९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी चौधरीले एक हजार १२१ र एमालेकी सङ्गिता चौधरीले ९०० मत प्राप्त गर्नुभएको छ ।

सप्तकोसी नगरपालिकामा कूल १५ हजार ४२१ मत खसेको छ । वडा नं २ मा जम्मा एक हजार २४७ मत खसेको थियो ।