२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४३.१० अंकले गिरावट, ३ अर्ब ६६ करोडको कारोबार



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ । आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य वृद्धि भएको छ ।

नेप्सेका १३ उपसमूह राताम्मै भएको छ । जसमा सबै भन्दाबढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । अरुण भ्यालु हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरी १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।