२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी



अ+ अ-

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी हुनुभएको छ । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर बिजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

उता मङ्गला– ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मङ्गलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरी ३ वडा जितेको छ भने माओवादीले वडा नं ३ र कांग्रेसले वडा नं ४ बरंजामा जित हासिल गरेको छ ।