२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचन २०७९ : कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो



अ+ अ-

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका मतपरिणाम प्राप्त हुनेक्रम जारी छ ।

निर्वाचन आयोग र संचार माध्यममा प्रकाशित विवरणका आधारमा हालसम्मको मतपरिणाम नेपाली कांग्रेसको पक्षमा गएकाे देखिएको छ । यद्यपी अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा जारी छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले पनि लगातार पछ्याइरहेको छ ।

हालसम्म चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले निर्विरोध २ सहित कूल ३ स्थानमा प्रमुख पदमा जित्न सफल भएको छ ।

पछिल्लो विवरण अनुसार, हालसम्म नेपाली कांग्रेसले प्रमुख वा अध्यक्षमा ८७ स्थानमा जितेको छ भने २२९ स्थानमा अग्रता कायम गरिरहेको छ । कांग्रेसले ८९ स्थानमा उपप्रमुख वा उपाध्यक्ष जितेको छ भने १८७ स्थानमा अग्रता बनाइरहेको छ ।

नेकपा एमालेले ५८ स्थानीय तहका प्रमुख वा अध्यक्ष पदमा विजयी भएको छ भने १२२ स्थानमा अग्रता बनाएको छ । उपप्रमुख वा उपाध्यक्षमा भने एमालेका ५६ जनाले विजय हासिल गरेका छन् र १५७ स्थानमा अग्रता छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४२ स्थानमा प्रमुख वा अध्यक्ष जितेको छ भने ७६ स्थानमा अग्रता कायम गरेको छ । ३७ स्थानमा उपप्रमुख वा उपाध्यक्ष जितेको माओवादी केन्द्रले अझै ९० स्थानमा उपप्रमुख वा उपाध्यक्षमा अग्रता बनाइरहेको छ ।

एमालेबाट अलग भएको नेकपा (एकीकृत समाजवादी) ले ३ स्थानका प्रमुख वा अध्यक्ष जितेको छ भने १७ स्थानमा अग्रता बनाइरहेको छ जसमा पोखरा महानगरपालिका समेत रहेको छ । एस ले ८ स्थानमा उपप्रमुख वा उपाध्यक्ष जितेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ ।

गठबन्धनको सहयात्री दल जनता समाजवादीले एक स्थानमा विजय हासिल गरेको छ । बिरगंज महानगरमा जनता समाजवादीले अग्रता कायम राखिरहेको छ ।

वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा पनि कांग्रेसको अग्रता

निर्वाचन आयोगका अनुसार, नेपाली कांग्रेसबाट १ हजार २८९ जना वडा अध्यक्ष निर्वाचित भएका छन् भने ९८ जनाले अग्रता बनाइरहेका छन् । उता नेकपा एमालेका तर्फबाट ९८२ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । ११३ जनाले अग्रता कायम गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट भने ५५७ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् भने एकीकृत समाजवादीबाट ८१ जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

महिला सदस्य तर्फ पनि नेकाले नै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट १ हजार २७४ जना महिला सदस्यमा निर्वाचित भएका छन् भने १०३ जनाले अग्रता बनाइरहेका छन् । नेकपा एमालेका तर्फबाट एक हजार ६८ महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट ५२० जना र एकीकृत समाजवादीबाट ८७ जना महिला वडा सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।

दलित महिला सदस्य तर्फ नेकाबाट १ हजार २२९ जना, नेकपा एमालेबाट १ हजार ४६, माओवादी केन्द्रबाट ५४६ र एकीकृत समाजवादीबाट ८७ जना निर्वाचित भएका छन् ।

त्यसैगरी वडा सदस्य तर्फ नेकाका २ हजार ५३५ जना, एमालेका २१५१ जना, माओवादी केन्द्रका ९८३ जना र एकीकृत समाजवादीका १८७ जना निर्वाचित भएका छन् ।