२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा १६६०७ मत गणना : मीना कुमारी लामाको अग्रता कायमै



मिना कुमारी लामा
अ+ अ-

हेटौंडाः स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता कायम राख्नु भएको छ ।

१६ हजार ६०७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३१० मत बढी प्राप्त गर्नु भएको छ । सोमबार साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार लामाले ५ हजार २४५ मत पाउनु भएको छ । निकटतम प्रतिस्पर्धी राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ९३० मत ल्याउनुभएको छ ।

नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ३८४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । अहिले ३, ४, ५, १६, १७ र १८ नम्बर वडाको मतगणना भइरहेको छ । हेटौंडामा कांग्रेसले २ र एमालेले एक वडामा जीत हात पारेका छन् ।