२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरि गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्रको जित



अ+ अ-

म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन् ।

वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित हुनुभएको छ ।

वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए ।

जिल्लाको छमध्ये चार स्थानीय तह र ३६ वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा सोही पार्टीेका लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभएको छ । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ ।

मतपरिणाम सार्वजनिक भएका ३६ वडामध्ये एमालेले १६, कांग्रेसले १३ र माओवादीले छ वडामा जित हासिल गरेको छ । जिल्लाका दशा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।