२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाका सबै स्थानीय तहमा कांग्रेस बढारियो



Nepali Congress
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दार्चुलामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्लामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेस सबै स्थानीय तहमा बढारिएको हो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले महानगरपालिका तथा दुहुँ, व्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटकको निर्वाचनमा दुहुँ गाउँपालिकामा नेकपा (एमाले) का नरेन्द्रबहादुरसिंह बडाल र अपिहिमाल गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० का भक्तसिंह बोहोरा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै नौगाड गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दलजीतसिंह धामी, व्यास गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार मंगलसिंह धामी र मार्मा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार जमनसिंह धामीले विजय हासिल गरेका छन् ।

त्यसैगरी लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी र मालिकार्जुन गाउँपालिकामा एमालेका हिरासिंह धामी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जिल्लाको महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसिर प्रमुख पदमा निर्वाचित भए भने शैल्यशिखर नगरपालिकामा एमालेकै विजयसिंह धामी प्रमुख पदमा विजयी भए ।




भर्खरै