२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा २४ घण्टामा एक हजार ५६९ कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ ।

यस समयमा भारतमा ९१७ जना सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १६ हजार ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।