२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई हराउँदै विजय भएका हुन् । उनले ६ हजार १७९ मत प्राप्त गरे । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८१२ मत मात्र प्राप्त गरे । २०७४ सालको निर्वाचनमा विजयी बनेका प्याकुरेल फराकिलो मतले पराजित भएका हुन् ।

त्यस्तै, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बनेकी छन् । उनले चार हजार २७७ मत प्राप्त गरिन् । ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार ८४४ मत प्राप्त गरे ।

यस्तै नगरपालिकाको ११ वडामध्ये नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जितेको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा न.१, ६ र ८ को वडाध्यक्ष जित हात पारेको छ । गठबन्धनकै अर्को दल नेकपा माओवादीले वडा नं. ५, १० र ११ को वडाध्यक्ष जित्दा नेकपा एकीकृत समाजवादी वडा नं. २ मा विजयी बन्यो ।