२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनी सैनिकको उद्धार



अ+ अ-

मारिऊपोल । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ ।

युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताउनु भएको थियो । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताउनु भएको छ ।

उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् । रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै बमबारी गर्दै आएका थिए ।