२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा तीन स्थानीय तहको अध्यक्ष/उपाध्यक्षमा माओवादी विजयी



अ+ अ-

नुवाकोट । स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल भएको छ ।

माओवादीले दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निर्वाचित भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा दुप्चेश्वरमा अध्यक्ष उपाध्यक्ष दुवै र पञ्चकन्याको उपाध्यक्ष नेपाली कांग्रेस र ककनीको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो । दुप्चेश्वरमा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका शङ्करबहादुर थापामा चार हजार चार सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णबहादुर तामाङले तीन हजार चार सय ५० मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीकी माकुरी तामाङले चार हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अन्जु आचार्यले तीन हजार ५३५ मत ल्याउनुभएको निर्वाचत अधिकृत केशरबहादुर पण्डितले जानकारी दिनुभयो ।

गए राति सम्पन्न मतगणना पञ्चकन्याको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवदीका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका तेजबहादुर तामाङले चार हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो पटक अध्यक्ष हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका माधवप्रसाद खनालले तीन हजार ९७४ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीका विमला केसी चार हजार सात मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सलिना केसीले तीन हजार ७४९ मत ल्याउनुभएको छ ।

यस्तै, ककनीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले जितेको छ । माओवादीमा सुमन तामाङले चार हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादीकी मिठुमाया तामाङले चार हजार १७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिशा तामाङले तीन हजार ८३० मत ल्याउनुभएको छ ।

दुप्चेश्वर, ककनी, पञ्चकन्या तीनवटै पालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । तारकेश्वरको उपाध्यक्षमा माओवादीका हरिप्रसाद रिमाल, किस्पाङको उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपाने र तादीको उपाध्यक्षमा माओवादीकी सन्जु प्याकुरेल निर्वाचित हुनुभएको छ ।