२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस



अ+ अ-

जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार गए राति सम्पन्न मतगणना परिणामअनुसार जिल्लाको रामगोपालपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका रामदुलार साह पाँच हजार ३४९ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै उपप्रमुख पदमा सोही पार्टीकी रिनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी हुनुभभएको छ ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल र नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहा रहेका छन् । उनीहरुले क्रमशः तीन हजार ५८६ र तीन हजार ४०३ मत ल्याएका छन् ।

त्यसैगरी गए राति नै सम्पन्न मतगणना परिणाम अनुसार जिल्लाको मनरासिस्वा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी हुनुभयो भने उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी हुनुभयो ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः जनता समाजवादी पार्टीका महेन्द्र राय र सोही पार्टीका निर्मलाकुमारीदेवी सिंह रहेका छन् । उनीहरुले क्रमशः चार हजार ९२० र चार हजार ८४२ मत ल्याएका छन् ।




भर्खरै