२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज जोशीलाई सुवास नेम्वाङ र किसान श्रेष्ठले भेटे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँमा उपचाररत दीपकराज जोशीलाई भेट्न नेकपा ९एमाले० का नेता सुवास नेम्वाङ र श्रममन्त्री किसान श्रेष्ठले अस्पताल पुगेर भेट गरेका छन् । उनीसँग नेपाल प्रहरीका पूर्व आईजीपी सवेन्द्र खनालले समेत भेट गरेका छन् ।

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि स्थानीय तहको निर्वाचनको दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले कुटपिट गरेको थियो । दीपकराज जोशी नेपाली कांग्रेसबाट साधारण सदस्यबाट समेत निष्काशित पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।

दीपकराज जोशीले तनहुँको व्यास नगरमा मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए । वरिष्ठ नेता पौडेलको गृह गाउँ रिस्तीमा मतदान केन्द्रमा गएका बेला पौडेल समूहका कांग्रेस कार्यकर्ताले जोशीमाथि आक्रमण गरेको थियो ।