२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेको खानीखोलामा गठबन्धन निर्वाचित



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी हुनुभएको हो ।

अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गर्नुभएको छ ।

मतपरिणामअनुसार वडा नं १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गर्नुभएको छ । वडा नं २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का सागर लामाले ५५० त प्राप्त गरे विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुङ्गेली मगरले २३९ मत प्राप्त गर्नुभएको छ । वडा नं ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वडा नं ५ मामाओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गर्नुभएको छ । वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गर्नुभएको छ भने वडा नं ७ मा नेकपा एमाले रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा हालसम्ममा दूई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । अन्य पालिकाको मत गणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ ।