२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको चार पालिकामा एमाले र एकमा कांग्रेस विजयी



अ+ अ-

म्याग्दी । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित हुनुभएको छ ।

यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै बारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित हुनुभएको छ ।

त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन र उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित हुनुभएको छ । जिल्लाभर १३५ पदमध्ये एमालेले ९७, कांग्रेसले २४, माओवादीले दुई, राप्रपाले दुई र नेकपा एकीकृत समाजवादीले एक सिट जितेका छन् । उम्मेदवारी नपरेपछि दलित महिला सदस्यको नौ पद रिक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट लोमान्थाङको वडा नम्बर २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ, लोघेकर दामोदरकुण्डको १ मा टै धुन्टु ठकुरी, २ मा थुक्तेन छिरिङ गुरुङ, ३ मा झब्याङ तेन्जिङ गुरुङ, ४ मा झयाङ छेसा गुरुङ, ५ मा पासाङ गुरुङ, बारागुङ मुक्तिक्षेत्र १ मा प्रमेश गुरुङ, ३ मा विनोद गुरुङ, ५ मा सुरेन्द्र गुरुङ, घरपझोङ ३ मा फलेन्द्रप्रसाद थकाली, ५ मा प्रदीप थकाली र थासाङ २ मा गौतम शेरचन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसबाट लोमान्थाङ १ मा पेमा आङग्या गुरुङ, ५ मा ढुकके विष्ट, वारागुङ मुक्तिक्षेत्र २ मा न्होरु गुरुङ, ४ मा कर्म घ्याचो गुरुङ, घरपझोङ १ मा आशबहादुर थकाली, २ मा मनबहादुर हीराचन, ४ मा यामप्रसाद थकाली, थासाङ १ मा सुरेश थकाली, ३ मा हरिप्रसाद गौचन, ४ मा नरेन्द्र शेरचन र ५ मा रुपेश तुलाचन वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

१३५ पदमा २२६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एकल उम्मेदवारी परेको लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन/तीन वटा वडाका जनप्रतिनिधि निर्विरोध भएका थिए । कूल दश हजार ४८५ जना मतदातामध्ये सात हजार ५५७ अथवा ७२.०७ प्रतिशत मत खसेको थियो ।