२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कानेपोखरीमा एमालेबाट अध्यक्षमा इङ्नाम र उपाध्यक्षमा अधिकारी विजयी



कानेपोखरी गाउँपालिकाको अध्यक्षमा विजयी एमालेकी राजमति इङ्नाम र उपाध्यक्षमा विजयी भोला प्रसाद अधिकारी
अ+ अ-

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

मतगणनाको परिणाम अनुसार कानेपोखरीको अध्यक्षमा एमालेकी राजमति इङ्नाम र उपाध्यक्षमा भोला प्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा निर्वाचित इङ्नामले ८ हजार ९७५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजय भट्टराईले ६ हजार ४६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित इङ्नाम यसअघि सोही पालिकाको उपाध्यक्ष थिइन् ।

त्यसैगरी उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५७० प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८१८ मत प्राप्त गरेकी हुन् ।

कानेपोखरीमा एमालेले वडा नम्बर १ र ४ बाहेकका वडामा वडाध्यक्ष समेत जितेको छ । वडा नं। २ मा शुशिल बुढाथोकी, ३ मा गोपाल बहादुर कार्की, ५ मा चरण गुरुङ, ६ मा खड्ग बहादुर बस्नेत र ७ मा मोहन प्रसाद अधिकारी एमालेबाट वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट १ मा रत्न बहादुर कार्की र ४ मा रमेश राउत विजयी भए ।




भर्खरै