२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बालेनले कटाए २३ हजार मत, चितवनमा रेणुको अग्रता कायमै



अ+ अ-

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले २३ हजार ५८४ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् जुन बालेन्द्रको भन्दा ११ हजार २०४ ले कमी हो । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म ११ हजार ४९९ मत मात्रै प्राप्त गरेकी छिन् ।

उता, भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालले एमालेका प्रत्यासी विजय सुवेदीसँगको अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

पछिल्लो मत विवरण अनुसार, रेणु दाहालले १५ हजार ५१३ मत प्राप्त गरेकी छिन् जबकी एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । अर्थात विजय सुवेदीभन्दा रेणुले ३,१२६ मतान्तर बनाउनु भएको छ ।