२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपा विजयी



अ+ अ-

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राम थापा निर्वाचित भएका छन् ।

थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् ।

दमक नगरमा राप्रपालाई सत्ता गठबन्धनको सहयोग थियो भने एमाले एक्लै चुनावी मैदानमा ओर्लिएको थियो । राप्रपाका थापासँगै दमकमा एमालेको लामो समयदेखिएको विरासत ढलेको छ ।

सो नगरको उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याए ।

दमक विसं २०३९ सालमा गाउँपञ्चायतबाट नगर पञ्चायत बनेको थियो । सोही बेलादेखि दमकको नगरप्रमुख बन्ने सपना देखेका थापाले बहुदलीय प्रजातन्त्रको प्राप्तिसँगै नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आफ्नो सपना पूरा गरेका छन् ।

दमकको वडाध्यक्षसमेत भएका थापाले पहिलोपटक विसं २०४३ मा नगर प्रमुखमा लडेका थिए । तत्कालीन नगर पञ्चायतमा अहिलेकी प्रतिस्पर्धी गीता अधिकारीका ससुरासँग थापाले नगर प्रमुख पदमा थोरै मतले हार बेहोरेका थिए ।