२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी



अ+ अ-

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र0 को उम्मेदवार प्रभा बोगटी विजयी हुनुभएको छ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याउनुभयो । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याउनुभयो ।

नगरउपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित हुनुभयो । उहाँले १२ हजार ८६० मत ल्याउनुभयो भने उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईँटेलले जानकारी दिनुभयो । नगरप्रमुखमा विजयी हुनुभएका श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य सङ्घको जिल्ला अध्यक्ष हुँदै, उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यको अहिले दोस्रो कार्यकालको जिम्मेवारीमा रहँदै गर्दा राजनीतिमा प्रवेश गर्नुभएको हो ।

तेह्र वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं। ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् । रासस